अनुसूची–३
(नियम १२ र ४० सँग सम्बन्धित)
१. प्रहरी निरीक्षक पदका लागि :
(क) दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक,
तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालीम लिएको हुनु पर्नेछ ।
(ख) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
(ग) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनमा सजाय नपाएको,
(ङ) राजनीतिक दलको सदस्य नरहेको,
(च) आतङ्गकारी सङ्गठनको सदस्य नरहेको,
(छ) पुरुषको हकमा घटीमा उचाई ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५ फिट, तौल ४२ के.जी. भएको,
(ज) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(झ) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको,
(ञ) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि कायम रहेको प्राविधिक प्रहरी नियमावली, २०५८ बमोजिम नियुक्ति भएको वा यस
नियमावली बमोजिम प्राविधिक प्रहरी समूहमा नियुक्ति पाएको प्रहरी कर्मचारीले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदको उम्मेदवारको लागि तोकेको उमेरको हदभित्र सेवा प्रवेश गरेको भएमा जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिष्पर्धा गर्न सक्नेछ ।
२. प्रहरी सहायक निरीक्षक पदको लागि :
(क) दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघेको,
तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीको हकमा ३० वर्ष ननाघेको र प्रहरी जवान आधारभूत तालीम लिएको हुनु पर्नेछ ।
(ख) मान्यताप्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको,
(ग) प्रकरण १ मा तोकिए बमोजिमका अन्य योग्यता पूरा भएको ।
३. प्रहरी जवानको लागि :
(क) प्रहरी जवान पदको लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको,
(ख) कम्तीमा आठ कक्षा वा सो सरह उत्तीर्ण भएको तर कुनै विशेष योग्यता चाहिने विशेष पदको लागि एस. एल. सि. वा सो सरह उत्तीर्ण भएको,
(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) राजनीतिक दलको सदस्य नरहेको,
(ङ) आतङ्ककारी सङ्गठनको सदस्य नरहेको,
(च) भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,
(छ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(ज) पुरुषको हकमा घटीमा उचाई ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५ फिट, तौल ४२ के.जी. भएको,
४. प्रहरी कार्यालय सहयोगी (पुजारी माली/बगैचे, भान्छे, हजाम,
सिलाई बुनाई सयस. कुचिकार मोची, धोबी,_खेलाडी र
सहयोगी भ्रुमिकाका अन्य कार्य आदि) को लागि
(क) प्रहरी कार्यालय सहयोगी पदको लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष
उमेर पूरा भई २५ वर्ष ननाघेको,
(ख) साधारण लेखपढ गर्न जानेको,
(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) राजनीतिक दलको सदस्य नरहेको,
(ङ) आतङ्ककारी सङ्गठनको सदस्य नरहेको,
(च) भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त
नभएको,
(छ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(ज) पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा उचाई घटीमा ४ फिट १० इन्च, तौल कम्तीमा ४२ के.जी. भएको ।
५. प्राविधिक प्रहरी समूहको पदको लागि :
(क) दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म प्राविधिक प्रहरी नायव उपरीक्षक पदको लागि २३ वर्ष उमेर पुगेको र ३५ वर्ष ननाघेको, प्राविधिक प्रहरी निरीक्षक पदको लागि २० वर्ष उमेर पुगेको र ३२ वर्ष ननाघेको, प्राविधिक प्रहरी नायव निरीक्षकको लागि १८ वर्ष उमेर पुगेको र ३० वर्ष ननाघेको, प्राविधिक प्रहरी सहायक निरीक्षकको लागि १८ वर्ष उमेर पुगेको र २८ वर्ष ननाघेको, प्रहरी हवल्दारको लागि १८ वर्ष उमेर पुगेको २४ वर्ष ननाघेको, प्रहरी जवानको लागि
१८ वर्ष उमेर पुगेको २३ वर्ष ननाघेको ।
तर प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायब निरीक्षक, प्राविधिक प्रहरी
सहायक निरीक्षक पदमा खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र आधारभूत तालीम लिएको हुनुपर्नेछ ।
(ख) महिला उम्मेदवारको उचाई कम्तीमा ५ फिट हुनु पर्ने ।
(ग) शैक्षिक योग्यता र उमेरको हद वाहेक अन्य योग्यताको हकमा दर्जा अनुसार प्रकरण १, २, ३ र ४ मा उल्लेख भए बमोजिम हुनेछ ।
(घ) खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको उपसमूहको पदको लागि देहाय बमोजिमको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ :–
(१) मेकानिकल ईन्जिनियरिङ तथा सवारी :
(क) प्रहरी जवान : एस.इ.ई. वा सो सरह उत्तीर्ण गरेको ।
(ख) प्रहरी हवल्दार : प्रहरी हवल्दार पदमा भर्ना हुनको निमित्त कम्तीमा एस.एल.सि. उतीर्ण भई मान्यता प्रापत प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा दोस्रो तहको शिप प्रमाण पत्र प्राप्त
गरेको ।
(ग) प्रहरी सहायक निरीक्षक : सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको वा एस.एल.सि. उत्तीर्ण भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा ३ वर्ष तालीम प्राप्त गरेको ।
(घ) प्रहरी नायव निरीक्षक : सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा १ वर्ष तालीम प्राप्त गरेको ।
(ङ) प्रहरी निरीक्षक : नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित ईन्जिनियरीङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी ईन्जिनियरिङ्ग परिषद्मा दर्ता भएको ।
(२) स्वास्थ्य :
(क) प्रहरी जवान : एस.एल.सि. उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ महिना स्वास्थ्य सम्बन्धी तालीम प्राप्त गरेको ।
(ख) प्रहरी हवल्दार : एस.एल.सि. उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण सस्ंथाबाट कम्तीमा ६ महिना स्वास्थ्य सम्बन्धी तालीम लिई सम्बन्धित परिषद्मा दर्ता भएको (जस्तैः– एस.एल.सि.उत्तीर्ण पश्चात नर्सिङ्ग बिषयमा अध्ययन (अ.न.मि.) गरी नेपाल नर्सिङ्ग परिषद्, स्वास्थ्य सहायक÷सि.एम.ए. बिषयमा अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी काउन्सिलवाट मान्यता प्राप्त )
(ग) प्रहरी सहायक निरीक्षक : एस.एल.सि. उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण सस्ंथाबाट कम्तीमा १५ महिना स्वास्थ्य सम्बन्धी तालीम लिई सम्बन्धित परिषद्मा दर्ता भएको (जस्तैः– एस.एल.सि.उत्तीर्ण पश्चात नर्सिङ्ग बिषयमा
अध्ययन (अ.न.मि.) गरी नेपाल नर्सिङ्ग परिषद्, स्वास्थ्य सहायक÷सि.एम.ए.
बिषयमा अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी काउन्सिलवाट मान्यता प्राप्त ) (घ) प्रहरी नायव निरीक्षक ः सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको (जस्तै नर्सिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी नर्सिङ्ग काउन्सिल, स्वास्थ्य सहायक÷हेल्थ असिस्टण्ट विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्वाट मान्यता प्राप्त)
ङ) प्रहरी निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्वन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको ।
(३) सञ्चार :
(क) प्रहरी जबान : एस.इ.ई. बा सो सरह उत्तीर्ण गरेको।
(ख) प्रहरी हवल्दार :मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी सम्बन्धित विषमा कम्तीमा एक वर्ष तालीम प्राप्त गरेको वा सो सरहको कोर्ष
पुरा गरेको ।
(ग) प्रहरी सहायक निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि.उत्तीर्ण गरी सम्बन्धित विषयमा प्राविधिक शिक्षा तथा व्यावसयिक तालीम परिषद् वा सो सरहको संस्थाबाट कम्तीमा १८ महिने कोर्ष पूरा गरेको वा सरहको उपाधि हासिल गरेको ।
(घ) प्रहरी नायव निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि. उत्तीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा तीन वर्षे कोर्ष पूरा गरेको वा प्रमाणपत्र तह उत्र्तीण गरेको वा सो सरहको उपाधि हासील गरेको ।
(ङ) प्रहरी निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
(च) प्रहरी नायव उपरीक्षकः मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित ईन्जिनियरीङ्ग विषयमा स्नातकोत्तर र सो भन्दा माथि तह उत्तीर्ण गरेको ।
(४) सङ्गीत :
(क) प्रहरी जबान : कम्तीमा आठ कक्षा बा सो सरह उत्तीर्ण गरेको |
(ख) प्रहरी हवल्दार :
(१) एस.एल.सि. वा सङ्गीत महाविद्यालयबाट सङ्गीतमा सो सरह उत्तीर्ण गरेको ।
(२) कुनै पनि एउटा बाजा म्यूजीक हेरी बजाउन सक्ने, आप्mनो बाजामा सम्पूर्ण मेजर, माईनर, क्रोमेटिक स्केलहरू राम्रोसँग बजाउन सक्ने,
साईड रिडिङ्ग अनुसार बजाउन सक्ने, पूmल बैण्डमा आप्mनो कूनै एक स्टैण्ड चलाउन सक्ने, कुनै पनि मेलोडी पाठ स्टाफ नोटेशनमा उतार
गर्न सक्ने, साधारण म्यूजीकलाई कन्डक्ट गर्न सक्ने ।
(५) ईन्जिनियरिङ्ग :
(क) प्रहरी जवान : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा सिप प्रमाण पत्र प्राप्त ।
(ख) प्रहरी नायब निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको ।
(ग) प्रहरी निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित ईन्जिनियरिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
(घ) प्रहरी नायव उपरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित ईन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर र सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेको ।
(६) सूचना प्रविधि÷कम्प्युटर :
(क) प्रहरी जवान : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सि.वा सो सरह उत्तीर्ण गरेको तथा मान्यता प्राप्त तालीम संस्थाबाट कम्तीमा ६ महिनाको सूचना प्रविधि विषयको तालीम सीप प्रमाणपत्र प्राप्त गरेको ।
(ख) प्रहरी हवल्दार : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सि.वा सो सरह उत्तीर्ण गरेको तथा मान्यता प्राप्त तालीम संस्थाबाट कम्तीमा एक महिनाको सूचना प्रविधि विषयको तालीम सीप प्रमाणपत्र प्राप्त गरेको ।
(ग) प्रहरी नायव निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा डिप्लोमा कम्प्युटर ईन्जिनियरिङ्ग वा सूचना प्रविधि विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र सूचना प्रविधि सम्बन्धी विषयमा मान्यता प्राप्त संस्थाबाट
सर्टिफिकेशन गरेको ।
(घ) प्रहरी निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा डिप्लोमा कम्प्युटर र्ईिन्जनियरिङ्ग वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र सूचना प्रविधि सम्बन्धी विषयमा मान्यता प्राप्त संस्थाबाट सर्टिफिकेशन गरेको ।
(७) केनाईन:
(क) ह्याण्डलर : प्रहरी जवान पदमा कम्तीमा एस.एल.सी.उत्तीर्ण गरेको ।
(ख) भेटेरिनरी :
(१) प्रहरी सहायक निरीक्षक :मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा भेटेरिनरी विषयमा जे.टी.ए. उत्तीर्ण ।
(२) प्रहरी निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा भेटेरिनरी विषयमा स्नातक तह उत्तीर्ण भई नेपाल भेटेनरी परिषद्मा दर्ता
भएको ।
(८) विधि विज्ञान :
(क) प्रहरी जवान : नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरेको ।
(ख) प्रहरी नायव निरीक्षक :
(१) फिङ्गर प्रिन्ट : मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जीव विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
(२) भौतिक : मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
(३) रसायन : मान्यता प्राप्त शिक्षण संस्थाबाट जीव विज्ञान वा भौतिक विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
(४) वायोलोजी : मान्यता प्राप्त शिक्षण संस्थाबाट जीव विज्ञान मुख्य विषय
लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
(ग) प्रहरी निरीक्षक :
(१) फिङ्गर प्रिन्ट : मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा रसायन विज्ञान वा जीव विज्ञान वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको ।
(२) भौतिक : मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको ।
(३) रसायन : मान्यता प्राप्त शिक्षण संस्थाबाट रसायन विज्ञान वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको ।
(४) बायोलोजी : मान्यता प्राप्त शिक्षण संस्थाबाट वायोलोजी, वा मोलेक्यूभर बायोलोजी वा जेनेटिक्स, वा बायोकेमेष्ट्रि, बायोटेक्नोलोजी
वा माईक्रोबायोलोजी वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको ।
(९) हातहतियार (आरमर) :
(क) प्रहरी जवान : एस.इ.ई. वा सो सरह उत्तीर्ण गरेको ।
(ख) प्रहरी सहायक निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि.उत्तीर्ण गरी जनरल मेकानिक्स विषयमा कम्तीमा १८ महिनाको कोर्ष पूरा गरी प्रमाणपत्र तह उत्तीर्ण गरेको वा सो सरहको उपाधि हासील गरेको ।
(ग) प्रहरी निरीक्षक : मान्यता प्राप्त शिक्षण संस्थाबाट जेनेरल मेकानिक्स विषयमा
स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ।
(१०) अन्य :
(क) छापाखाना : छापाखाना सम्वन्धीे तोकिए बमोजिमको दर्जागत योग्यता ।
(ख) फोटोग्राफी : फोटोग्राफी सम्वन्धीे तोकिए बमोजिमको दर्जागत योग्यता ।
नोट : माथी उल्लिखित योग्यताका अतिरिक्त प्राविधिक प्रहरी समूह अन्तर्गतका पदहरुको लागि आवश्यक पर्ने योग्यता पदपूर्ति समितिले निर्धारण गरे बमोजिम हुनेछ ।